प्रियंकाको फिल्म हेरेर रोए निक - Crazysaptahik.com

प्रियंकाको फिल्म हेरेर रोए निक

नायिका प्रियंका चोपडाको धेरै समयपछि नयाँ हिन्दी फिल्म आउँदैछ । हलिउडमा व्यस्त प्रियंका अमेरिकन गायक निक जोनाससँग गत वर्ष बिहे गरेपछि उतै बस्दै आएकी छन् ।

प्रियंकाले भर्खरै एक अन्तर्वार्तामा आफ्नो नयाँ फिल्म ‘द स्काइ इज पिंक’ को दृश्य हेरेर श्रीमान निक रोएको बताएकी छन् । उनीहरूको बिहेभन्दा चार दिन अगाडि मात्रै फिल्मको सुटिङ सकिएको थियो ।

प्रियंकाका अनुसार निक सेटमै पुगेको फिल्मको अन्तिम दृश्यको सुटिङ हेरेका थिए। सोक्रममा निक भावुक भएर रोएका उनले बताएकी हुन्।

शोनाली बोसले निर्देशन गरेकी ‘द स्काइ इज पिंक’ फिल्म ‘मोटिभेसनल स्पिकर’ आयशा चौधरीका आमाबाबुको प्रेम कथामा आधारित छ ।

प्रियंका हाल फिल्मको टिमसँगै प्रचारमा छन्। फिल्ममा फरहान अख्तर, जाइरा वासिम र रोहित सर्राफको पनि मुख्य भूमिका छ । प्रियंका सन् २०१६ मा हलिउडमा प्रवेश गरिसकेपछि पहिलोपटक हिन्दी फिल्ममा देखिँदैछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.