पथरीमा ‘कथा औशीको...’ च्यारिटी शो - Crazysaptahik.com

पथरीमा ‘कथा औशीको…’ च्यारिटी शो


क्रेजी साप्ताहिक
पथरी । रिहन्ना फिल्मस् इन्टरटेन्टमेन्ट प्रा.लि.ले निर्माण गरेको नेपाली चलचित्र ‘कथा औशीको..’ पहिलो च्यारिटी शो पथरीमा भएको छ ।

सोमबार गोर्खा डिपार्टमेन्ट स्टोर पथरी शनिश्चरेमा चलचित्र प्रदर्शन गरेको हो । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले औशीको गलत प्रथालाई हटाउन चलचित्रले सन्देश दिएको भन्दै औशीको प्रथा हटाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । दर्शकहरुले चलचित्रप्रति मिश्रित प्रतिक्रिया दिएको छ ।

निर्माता सिवानी सिप्तुङ्खा राई रहेको चलचित्रको प्रमुख सहायक निर्देशक तथा कथा लेखक मौसम परिवर्तन याक्थुङबाको रहेको थियो । चलचित्रमा विनिशा लिम्बु, दिलमान बेघा, अभिषेक सेर्मा, विना तामाङ, चन्द्रध्वज बेघा, सरोज योङहाङ लगायतको अभिनय रहेको छ ।

मित्र लिङ्देनको निर्देशनमा बनेको चलचित्रमा मंगल सिंह लिम्बु विशाल कार्यकारी निर्माता, किशोर सिंह लिम्बु सहनिर्माता रहेको चलचित्रको मुहासिं थापामगरले सम्पादन र प्रिती योगीले श्रृगार गरेका छन् ।

सम्बन्धित खवर