अन्ततः भिड्ने भए प्रभास र ऋतिक - Crazysaptahik.com

अन्ततः भिड्ने भए प्रभास र ऋतिक

बलिउड अभिनेता ऋतिक रोशन र प्रभासबिच भिडन्त हुने भएको छ । उनीहरू बीच आ–आफ्नो सिनेमाको कारण भने भिडन्त हुन लागेको होइन । एउटै सिनेमामा एक जना नायक र अर्को खलनायक बन्ने भएपछि सिनेमाको पर्दामा उनीहरूबिच भिडन्त हुन लागेको हो ।

उनीहरू बीच ‘दंगल’ तथा ’छिछोरे’ निर्देशक नितिश तिवारीको निर्शेनमा बन्ने ’रामायण’मा राम र रावणका रूपमा भिडन्त हुन लागेको हो ।

सिनेमामा ऋतिक ’राम’ र दिपिका ’सीता’ बन्ने तय भइसकेको भएपनि रावणको टुङ्गो लागेको थिएन । तर बलिउड समाचारसम्बन्धी वेबसाइट बलिउड लाइफ डटकमले सिनेमामा प्रभासले ’रावण’को भूमिका गर्ने तय भएको जनाएको छ ।

सो साइटका अनुसार ’रावण’को भूमिका गर्न प्रभास तयार भएका छन् । ’बाहुबली’ सिरिजको सफलताले प्रभास क्षेत्रीय स्टारबाट भारतीय स्टार भइसकेका छन् । यस्तोमा ’रावण’को भूमिकाले उनलाई थप उचाइ दिने अनुमान गरिएको छ ।

सम्बन्धित खवर