चुलाचुलीमा रुचाइयो ‘थात्थलो’ - Crazysaptahik.com

चुलाचुलीमा रुचाइयो ‘थात्थलो’

क्रेजी साप्ताहिक
इलाम । नेपाली कथानक चलचित्र ‘थात्थलो’ इलामको चुलाचुलीमा शुक्रबार प्रदर्शन गरिएको छ ।

स्थानीय युवाहरुको आयोजनामा इलामको चुलाचुली–१ हात्तीलेदामा अवस्थित श्री शिवज्योति आधारभूत विद्यालय दिउँसो र बेलुकाको गरी दुई शो देखाइएको थियो ।

चलचित्रको कथा/निर्दशन खगेन्द्र पन्धाक लिम्बुले सम्हालेका छन् भने मुख्य कलाकार कञ्चन थलङ र सुमी लिम्बु रहेका छन् । यस्तै किशोर कुमार लिम्बु, सिता कुमारी लिम्बु, सन्जय लिम्बु, आयुशा लिम्बुखिम, नविन सिरेङ चोङबाङ लिम्बु, साजन श्रेष्ठ, जोसन लिम्बु, निवा पन्धाक लिम्बु र अविनाश थलङको अभिनय रहेको छ ।

चुलाचुलीमा चलचित्र हेरिसकेपछि झापा दमकका निष्मा लिम्बुले चलचित्र एकदमै मौलिक बनेको प्रतिक्रिया दिइन् । उनले भनिन्–‘मलाई चलचित्र एकदमै अर्गानिक लाग्यो, विशेषतः मलाई यस चलचित्रको कथा र लोकेसन राम्रो लाग्यो ।’

चलचित्रको छायांकन संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने चौकीगुफा आसपासमा गरिएको हो । यस्तै चलचित्रलाई खगेन्द्र पन्धाक र बिबी लिम्बुले खिचेका हुन् । सम्पादन बिबी लिम्बु र खगेन्द्र पन्धाकले सम्हालेका छन् भने पोस्टर डिजाइन पर्शुराम थलङले गरेका हुन् ।

यसैगरी चलचित्र हेरिसकेपछि मोडल बादल श्रेष्ठले पनि चलचित्रको तारिफ गर्न भ्याए । उनले भने – ‘मैले सोचेको भन्दा नि राम्रो बनेको रहेछ चलचित्र, दुई चार ठाउँमा मलाई कलाकारहरुको जीवन्त अभिनयले रुवायो । त्यसैले मलाई यो चलचित्र उत्कृष्ट लाग्यो ।’

चलचित्रको प्रदर्शन स्थलमा कलाकार कन्चन थलङ र निर्माता सिता कुमारी तुम्वापोको उपस्थिति रहेको थियो । यो चलचित्र हङकङ, युके र नेपालको पाँचथर, तेह्रथुम, जिरीखिम्ती लगायतका पहाडी जिल्लाहरुमा प्रदर्शन भइसकेको छ ।

सम्बन्धित खवर