- डा. सुर्य पराजुली
शहर लमतन्न छ निदाईरहेको
तर पनि जागा छ मेरो बारदली
एकलास जंगल शान्त, स्निगध
तर पनि धिप धिपाई रहेछ जुनकिरी,
बित्दै छ समय टिक(टिक घडीका सुईसरी
आज पनि हिडदै छ समय नफर्कने बाचा मारी
तिमी हिड निरन्तर हिड,नडगमाउ पाखुरी
धैर्य गर साथी आउँदै छ शुभ बिहानी ।