फोटोग्राफरमाथि भड्किए सलमान - Crazysaptahik.com

फोटोग्राफरमाथि भड्किए सलमान

विवादित कार्यक्रम ‘बिग बस’ को १३ औं सिजनको लञ्चिङ कार्यक्रम सोमबार मुम्बईमा आयोजना गरियो ।

यतिबेला सलमान खानले मिडियासँग कुराकानी गरेर कार्यक्रमबारे जानकारी दिए । कार्यक्रमका थुप्रै भिडियो सोसल मिडियामा सार्वजनिक भएका छन् जसमध्ये एकमा सलमान एक फोटोग्राफरसँग बहस गरिरहेको देखिएका छन् ।

भिडियोमा उनले फोटोग्राफरलाई निकै रिसाएर भनेका छन्, ‘यदि मसँग समस्या छ भने, ममाथि प्रतिबन्ध नै लगाउ ।’

स्पटबोयका अनुसार सलमान स्टेजमा आउँदै गर्दा ती फोटोग्राफरले सलमानको बाटो छेकेर फोटो खिच्न लाग्दा उनी रिसाएका थिए । त्यसपछि सलमान स्टेजमा पुग्नेबित्तिकै उनीमाथि रिस पोखिहाले । सलमानले प्रेसका अन्य व्यक्तिलाई पनि ती पत्रकारको विषयमा केही निर्णय लिनका लागि आग्रह गरे ।

बिग बसको १३ औं सिजनको प्रिमियर २९ सेप्टेम्बर आइतबार ९ बजे हुनेछ । सोमबादेखि शुक्रबार यो कार्यक्रम राती साढे १० बजे प्रशारण हुनेछ । विकेन्डमा अर्थात् शनिबार र आइतबार यो राती ९ बजे प्रशारण हुनेछ ।

सम्बन्धित खवर