‘च च हुई’को दोस्रो गीत ‘जवानी’ आयो - Crazysaptahik.com

‘च च हुई’को दोस्रो गीत ‘जवानी’ आयो

 

चलचित्र ‘च च हुई’ को दोस्रो गीत सार्वजनिक भएको छ । सिनेमा मंसिर ६ गते रिलिज हुने सिनेमाले ‘जवानी’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा आर्यन सिग्देल र एलिसा शर्माको अभिनय छ ।

साम्तेन भुटिया निर्देशित सिनेमामा आर्यनले मिरूना मगरसँग जोडी बाँधेका छन् । रोशन थापाको संगीत तथा निर्देशक साम्तेन भुटिया र विनय सापकोटाको शब्द रचना रहेको गीतमा संगीतकार थापा र सुमन गुरुङको स्वर छ ।

शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोको छायाँकन सुसन प्रजापतीले गरेका हुन् । सिनेमामा आर्यन र मिरुनाका अलावा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतका कलाकारको अभिनय छ ।

भिडियो :-

सम्बन्धित खवर