कक्षा १२ को परीक्षा तयारीमा करिश्मा - Crazysaptahik.com

कक्षा १२ को परीक्षा तयारीमा करिश्मा

क्रेजी संवाददाता
पथरी । नेपाली फिल्म क्षेत्रकी सदावहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरको सक्रियता लोभलाग्दो छ ।

अभिनयको अलवा उनी समाजसेवा, ब्यवसाय लगायत धेरै विधामा सक्रिय छिन् । केही अगाडिसम्म राजनीतिमा समेत आवद्ध उनले अहिले आफुलाई राजनीतिबाट अलग राखेको बताएकी छन् ।

 

करिश्माले केही दिन अगाडिबाट मात्र अन्तर्राष्ट्रिय इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामानको व्यवसाय नेपालमा सुरु गरेकी छन् । रिसिक ट्रेडिङ कन्ट्रक्सन प्रालिमार्फत उनी इन्टेक्स ब्राण्डका सामानका लागि नेपालको आधिकारिक बिक्रेता बनेकी हुन् ।

केही दिन अगाडि व्यवसाय घोषणा कार्यक्रममा करिश्माले विश्व बजारमा आफूलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामान गुणस्तरीय र भरपर्दो रहेको यहि व्यवसाय रोजेको बताएकी थिइन् । यतिबेला भने करिश्मा सबै काम छोडेर पठनपाठनमा लागेकी छन् । केही अगाडि स्थगित कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सुरु हुने भएपछि उनी सबै काम छोडेर परीक्षाको तयारीमा जुटेकी हुन् ।

करिश्मा परीक्षामा जुटेको समय व्यापारको काम छोरी कविता र फिल्म, घरको काम श्रीमान् विनोदले हेर्नेछन् । ‘रोकिएको कक्षा १२ को परीक्षा फेरि सुरु हुँदैछ’ करिश्माले भनिन्– ‘यो पटक एकदिन पनि स्कुल गएको छैन । अनलाइनको भर हो । त्यसैले राम्रोसँग पढ्न भ्याएको छैन ।’ अहिले आफु सबै काम छोडेर परीक्षाको तयारीमा जुटेको उनले सुनाइन् ।

‘२१ देखि २७ गतेसम्म घोटिएर पढ्छु । २८ र २९ गते मुन्द्रे कमेडी क्लबको पनि सुटिङ गर्नुपर्नेछ’ करिश्माले थपिन्–‘परीक्षापछि मात्र अन्यमा समय दिन्छु ।’ अहिले आफुलाई बाहिरको काम धेरै आइरहेको बताएकी करिश्माले असोज ४ गतेसम्म परिक्षा भएकोले सो नसकिएसम्म बाहिरको कुनैपनि कार्यक्रम, प्रोजेक्टमा आफु सहभागी नहुने मनस्थिति बनाएकी छन् । करिश्मा अहिले किटनी कलेज अध्ययनरत छिन् । उनको परिक्षा सेन्टर पनि सोही कलेजमै रहेको छ

सम्बन्धित खवर