लिएन्डर र किम प्रेममा रहेको घोषणा - Crazysaptahik.com

लिएन्डर र किम प्रेममा रहेको घोषणा

अभिनेत्री किम शर्मा र टेनिस खेलाडी लिएन्डर पेसको सम्बन्धलाई लिएर लामो समयदेखि अड्कलबाजी चलिरहेको थियो । तर, दुवैले अहिले आएर आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल इन्सटाग्राममा एक तस्विर पोस्ट गर्दै दुवैले आफूहरु प्रेममा रहेको स्वीकार गरेका हुन् ।

किमले आफ्नो अकाउन्टबाट सेयर गरेको तस्बिरमा लिएन्डरको अँगालोमा मुस्कुराई रहेको देखिन्छ । फोटोको क्याप्सनमा उनले जोडीको इमोजी पनि राखेकी छन् । लिएन्डरले पनि सोही तस्विरलाई रिपोस्ट गर्दै ‘जादू’ लेखेका छन् । किमको फोटोमा धेरै बलिउडकर्मीले कमेन्ट गर्दै बधाइ समेत दिएका छन् ।

गत जुलाईमा उनीहरुको फोटो सार्वजनिक भएको थियो । गोवाको एक रेस्टुरेन्टले उनीहरुको तस्बिर सेयर गरेका थिए । त्यस्तै, मुम्बईमा पनि दुवै सँगै देखिएका थिए ।

किमको यसअघि अभिनेता हर्षवर्धन राणेसँग सम्बन्ध थियो । तर दुवै सन् २०१९ मा अलग भएका थिए । किमले बलिउडमा यशराज फिल्म्सकोको मोहब्बतेबाट डेब्यू गरेकी थिइन् । त्यसपछि उनले तुम से अच्छा कौन हे, कहेता हे दिल बारलगायत चलचित्रमा काम गरेकी इिन् । लिएन्डर भने यसअघि मोडल रिया पिल्लईसँग सम्बन्धमा थिए ।

सम्बन्धित खवर