आमा बनेपछि ऋचा भन्छिन्ः एकाएक परिपक्व भएको आभास भइरहेको छ - Crazysaptahik.com

आमा बनेपछि ऋचा भन्छिन्ः एकाएक परिपक्व भएको आभास भइरहेको छ

अभिनेत्री ऋचा शर्माले आमा बनेपछि एकाएक परिपक्व भएको आभास भइरहेको बताएकी छिन् । उनले बिहीबार श्रीमान् र छोरासँगको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै लामो मनकोे भावना व्यक्त गरेकी हुन् । जहाँ उनले आमा हुँदाको खुसी शेयर गरेकी छिन् ।

‘हिजोसम्म आफै केटाकेटी छु जस्तै लागिरहेको थियो । आज एकाएक परिपक्व भएको झै आभाष भइरहेको छ’ उनले लेखेकी छिन ‘सोच्दा पनि पृथ्वी बोके झै लाग्छ, आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ ।

अनेक कुराहरु मनमा खेलिरहेका छन् । उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढ़ता, संकल्पहरुको बाढ़ी मन भित्र चलिरहेको छ । पर्दामा अनेक भूमिका निभाउदा निभाउँदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तिको महत्वपूणर् र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइन् ।’

उनले आमाले झै माया गर्ने सासुआमा, बुवा झै आशिष दिने ससुरा बुवा, मनले मागेभन्दा बढी बुझिदिने जीवनसाथीसंगै आफ्नो सन्तानको आगमनमा आफू जत्तिको धनी ब्यक्ति कोही छैन जस्तो लागिरहेको उल्लेख गरेकी छिन् ।

उनले छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकूँ भन्ने लोभ रहेको बताएकी छिन् । उनले छोराको नाम आभ्यान राखेको समेत जानकारी दिएकी छिन् । ऋचाले बुधबार बिहान नर्भिक अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । नायिका ऋचा शर्माले डेढ वर्ष अगाडि दीपेक्ष विक्रम राणासँग बिहे गरेकी थिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.