रानी चटर्जीले भनिन्, ‘बलिउडका निर्देशकले भेट्न बोलाएर गलत व्यवहार गरे’ - Crazysaptahik.com

रानी चटर्जीले भनिन्, ‘बलिउडका निर्देशकले भेट्न बोलाएर गलत व्यवहार गरे’

भोजपुरी अभिनेत्री रानी चटर्जीले बलिउडका निर्देशकले आफूमाथि गलत व्यवहार गरेको आरोप लगाएकी छन् । बिग बोस ओटीटीबाट बाहिरिएपछि भोजपुरी अभिनेत्री अक्षरा सिंहले क्षेत्रवादको मुद्दा उठाएपछि अभिनेत्री रानीले त्यसको समर्थन गर्दै उक्त आरोप लगाएकी हुन् ।

उनले भारतीय सञ्चारमाध्यम आज तकसँग कुराकानी गर्दै करियरको सुरुवाती दिनहरुको घटना सार्वजनिक गर्दै हिन्दी फिल्मका लागि निर्देशकसँग भेट्न जाँदा निर्देशकले गलत व्यवहार गरेको खुलाएकी हुन् । उनले हिन्दी फिल्मका लागि एक चर्चित बलिउड निर्देशकको अफिसमा गएको र निर्देशकले उनीमाथि नराम्रो व्यवहार गरेका बताइन् ।

रानीले भनिन्, ‘मलाई लागेको थियो म भोजपुरी उद्योगबाट आएकी हुँ । त्यसैले फरक हुन्छु होला । मैले उनको व्यवहारमाथि तुरुन्तै प्रतिक्रिया जनाएँ र ‘नट कम्फर्टेबल’ भनेर निस्किँए ।’ उनले बाहिर निस्किएर रोएको पनि बताइन् । उनले ‘मिटु’ मामिलामा उक्त निर्देशकको नाम बाहिरिएको र उसले सजाय समेत पाएको बताइन् ।

सम्बन्धित खवर