‘अन्तिम’ पाँच भाषामा रिलिज हुने, सलमानअघि अनिल कपूरलाई आएको थियो मुख्य भूमिकामा प्रस्ताव - Crazysaptahik.com

‘अन्तिम’ पाँच भाषामा रिलिज हुने, सलमानअघि अनिल कपूरलाई आएको थियो मुख्य भूमिकामा प्रस्ताव

सलमान खान अहिले आफ्नो नयाँ फिल्म ‘अन्तिम :द फाइनल ट्रुथ’ लाई लिएर चर्चामा छन् । रिपोर्टअनुसार, सलमानले यस फिल्ममा जुन भूमिका निभाएका छन्, त्यस भूमिकाका लागि यसअघि अनिल कपुरलाई प्रस्ताव गरिएको थियो ।

अनिल कपूरले पनि यसबारे विचार गरिरहेका थिए । तर, उनीबाट जवाफ आउनुअघि नै सलमान खानले अतिथि भूमिकामा खेल्ने घोषणा गरियो । यद्यपी, अब सलमान खान नै मुख्य भूमिकामा रहनेछन् । सलमानबाहेक यस फिल्ममा उनका ज्वाइँ आयुष शर्मा पनि मुख्य भूमिका हुनेछन् ।

यस एक्सन थ्रिलरको निर्देशन महेश मान्जरेकरले गरेका छन् । यो चलचित्र मराठी चलचित्र ‘मुमशी प्याट्रन’ का हिन्दी रिमेक हो । यसलाई हिन्दी, तमिल, तेलुगु, कन्नड र उडिया भाषामा रिलिज गरिनेछ ।

सम्बन्धित खवर