विष्णु माझीदेखि अनमोल, केकी, प्रकाशसम्मलाई सरकारको पदक - Crazysaptahik.com

विष्णु माझीदेखि अनमोल, केकी, प्रकाशसम्मलाई सरकारको पदक

संविधान दिवसको अवसर पारेर नेपाल सरकारले नेपाली कला क्षेत्रमा योगदान पुर्याएका विभिन्न कलाकर्मीहरुलाई पदकबाट सम्मान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकर्मीहरुलाई मान पदवी, अलङ्कार र पदकद्धारा विभुषित गरेकी छिन् । स्वरसम्राट नारायण गोपाललाई मरणोपरान्त महाउज्जल राष्ट्रदीप घोषणा गरिएको छ ।

यस्तै, गीतकार कालीप्रसाद रिजाल र कलाकार गौरी मल्ललाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको छ । संगीतकार शम्भुजित बाँस्कोटालाई किर्तिमय राष्ट्रदीप पदक प्रदान गरिएको छ ।

यस्तै, प्रबल जनसेवाश्री पदक कलाकारहरु रमेश वुढाथोकी, दीपाश्री निरौला, हेमन्त वुढाथोकी, नवल खड्का, प्रकाश घिमिरे, लोकदोहोरी गायकहरु चन्द्रप्रसाद शर्मा, कुलेन्द्र विश्वकर्मा, लोकगायिका विष्णु माझी, संगीतकार कस्तुप पन्तलाई प्रदान गरिएको छ ।

जनसेवाश्री पदकबाट भने गायक हेमन्त शर्मा, प्रकाश सपुत, कलाकार केकी अधिकारी, अनमोल केसी, निर्देशक मिलन चाम्स, अमेरिकी नेपाली दोहोरी गायिका अन्ना स्टिर, कलाकार शिवशंकर रिजाल जोगिन्दर, नृत्यांगना तेरिया मगर, निर्माता राजकुमार राई, मैथिली कलाकार रञ्जु झा, गायिका राधिका हमाललाई प्रदान गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.