बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान् तथा व्यापारी राज कुन्द्रालाई मुम्बइको अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । उनलाई ५० हजार जरिवान तिर्दै जमानतमा रिहा गर्न अदालतले आदेश दिएको छ । तर, राजले प्रहरीको अनुमतीविना मुम्बई शहर छाड्न भने पाउने छैनन् । राजलाई गिरफ्तार गरेपछि जुलाई २७ सम्म प्रहरीको नियन्त्रणमा राखिएको थियो ।
यसपछि, उनलाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको थियो । यसपछि, उनी निरन्तर जेलमा थिए । राजमाथि मोडलहरु शर्लिन चोपडादेखि पूनम पाण्डेले गम्भिर आरोप लगाएका थिए ।
राजको साथमा उनको आइटी प्रमुख रायन थार्पको जमानतको आग्रहलाई पनि अदालतले अनुमती दिएको छ । अदालतले जमानतको आग्रहमा मुम्बई प्रहरीको पनि जवाफ मागेको थियो । प्रहरीले १५०० पेज लामो चार्जशिट प्रस्तुत गरेको थियो । राजमाथि इन्टरनेटको माध्यमबाट पोर्नोग्राफीको व्यापार गरेको आरोप लागेको छ । भारतको कानुनले पोर्नोग्राफीलाई निषेध गरेको छ ।