शरदसँग इन्दिराको पार्टी मुड - Crazysaptahik.com

शरदसँग इन्दिराको पार्टी मुड

 

गायिका इन्दिरा जोशीले केही दिन अगाडि आफ्नो प्रेमी सार्वजनिक गरिन् । उनका प्रेमी शरद केडियाले उनलाई हेलिकप्टर चार्टर गरेरै बिहेको प्रस्ताब राखे । इन्दिराले पनि सहर्ष शरदको प्रस्ताव स्विकार गरिन् ।

उसो त, इन्दिराले केही समय अगाडि नै आफू प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् । ३ बर्ष अगाडिको भेटघाटलाई इन्दिरा र शरदले प्रेममा बदलेका हुन् । उनीहरुले बिहेको तयारी नभएपनि इन्गेजमेन्टका लागि भने कुराकानी भैरहेको बताएका छन् ।

प्रेमी सार्वजनिक नगर्दासम्म इन्दिरा शरदसँग सार्वजनिक कार्यक्रममा कम पुग्ने गर्थिन् । पुगी हालेपनि उनी र शरद क्यामेराको अगाडि खुल्दैनथे । तर, शरदको बिहे प्रस्ताव स्विकार गरेपछि भने इन्दिरा अब प्रेमको यात्रामा निष्फिक्री रुपमा घुम्ने मुडमा छिन् ।

हालैमात्र, काठमाडौंको किङ्स लाउन्चमा इन्दिरा र शरदले मुस्कानसहित तस्वीर खिचाए । उनीहरुको साथमा संगीतकार न्यूह बज्रचार्य, ‘द भ्वाइस अफ नेपाल’को होस्ट सुशिल नेपाल पनि पुगेका थिए । शरदको बिहे प्रस्ताव स्विकार गरेपछि इन्दिरा टक अफ दि टाउन बनेकी छिन् ।

सम्बन्धित खवर