तराईमा आज जितिया पर्व मनाइँदै - Crazysaptahik.com

तराईमा आज जितिया पर्व मनाइँदै

काठमाडौं । तराईलगायत अन्य केही जिल्लामा आज जितिया पर्व मनाइँदै छ । मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ ।

यो पर्वमा आमाहरूले स्नान गरेर मात्र चोखो खानेकुरा खाने गर्दछन् । थारु समुदायले जितियालाई विजय अर्थात् जितका रूपमा मनाउने गरेको छ । नवलपरासी, चितवनलगायतका ठाउँमा रहेका थारु महिलाहरूले तीन दिनसम्म जितिया पर्व मनाउँछन् ।

यस पर्वमा भगवान विष्णु, शिव र भगवान सूर्यको पूजा अर्चना गरिन्छ । पारम्परिक गीत, सङ्गीतका साथमा नाचगानसहित जितिया पर्व मनाइन्छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ ।

सम्बन्धित खवर