भेनिस फिल्म फेस्टिभल : रेडकार्पेटमा हिलारी क्लिन्टनदेखि फिल्म र फेसन स्टारसम्म (तस्वीरसहित) - Crazysaptahik.com

भेनिस फिल्म फेस्टिभल : रेडकार्पेटमा हिलारी क्लिन्टनदेखि फिल्म र फेसन स्टारसम्म (तस्वीरसहित)

विश्वको सबैभन्दा जेठो मानिने भेनिस फिल्म फेस्टिभल बिहीबारदेखि इटालीमा सुरु भएको छ । स्टाइल, रेडकार्पेट र चर्चित फिल्मको जमघट मानिने फेस्टिभलमा भाग लिन स्टारहरु भेनिस पुगिरहेका छन् । हलिउड स्टार एडम ड्राइभरको फिल्म ‘ह्वाइट नोइज’सँगै सुरु भएको फेस्टिभलको रेडकार्पेटमा अमेरिकी राजनीतिज्ञ हिलारी क्लिन्टन पनि पुगेकी छन् ।

भेनिसको यो ७९ औं फेस्टिभलको निर्णायकको नेतृत्व हलिउड अभिनेत्री जुलियाना मुर्रे गरिरहेकी छन् । यसपटक हेर्नलायक टन्नै फिल्म छन् भेनिसमा । बर्डम्यान र द रेभिनेन्टबाट लगातार दुईपटक ओस्कार जितेका अलेजान्द्रो गोन्जालेज इनारितुको मिस्टिकल ड्रामा फिल्म ‘बार्डो’ पनि भेनिसमा प्रदर्शन हुँदैछ ।

नेटफ्लिक्स फिल्म ‘ब्लन्डे’, ह्यारी स्टाइलको फिल्म ‘डन्ट वरी डार्लिङ्स’, ह्युग ज्याकम्यानको ‘द सन्’ पनि छन् । यसपटकको भेनिस लाइनअपमा बढी फिल्महरु महिला केन्द्रित छन् । भेनिस रेडकार्पेटमा विश्व स्टारहरु फिल्म प्रचारका लागि मात्र हिंड्दैनन्, बरु उनीहरुले फेसनका स्टाइलिस क्षण सिर्जना गरे ।

अबको दुई साता फिल्म र फेसनको कारण भेनिस विश्वको आँखामा केन्द्रित हुनेछ ।भग म्यागजिनले केही तस्वीर भेनिस रेडकार्पेटबाट दर्शकमाझ ल्याएको छ ।

सम्बन्धित खवर