यतिबेला विश्व फिल्म र फेसनको ध्यान इटालीको भेनिसतर्फ सोझिएको छ । संसारकै जेठो फिल्म फेस्टिभल मानिने भेनिसमा यतिबेला स्टार र मिडियाको चहलपहल बाक्लिएको छ । नोह बोम्याकको ‘ह्वाइट नोइज’ प्रिमियरसँगै सुरु भएको फेस्टिभलमा ओलिभिया वाइल्ड निर्देशित ‘डन्ट वरी डार्लिङ’ समेत प्रिमियर भयो । ह्यारी स्टाइल र फ्लोरेन्स पगले रेडकार्पेट नापे ।
मार्लिन मुनरोको बायोपिक नेटफ्लिक्स फिल्म ‘ब्लन्डी’ पनि भेनिसमा प्रिमियर भएको छ । शुक्रबार ‘बोन्स एण्ड अल’को रेडकार्पेट प्रिमियरमा आफ्नो ब्याकलेस पहिरनको कारण अभिनेता तिमोथी कार्लामेट चर्चित बने । सन् १९३२ मा स्थापना भएको जनाइएको भेनिस फिल्म फेस्टिभल १० सेप्टेम्बरमा समाप्त हुँदैछ ।