फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर : पुस्तान्तर र विदेश सपनाले बिहेमा ल्याएको असरको कथा - Crazysaptahik.com

फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर : पुस्तान्तर र विदेश सपनाले बिहेमा ल्याएको असरको कथा

सन्तोष पन्तको फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४४ सेकेन्डको ट्रेलरमा पुस्तान्तर र विदेशिने सपनाले परिवार, विवाह र सम्बन्धमा पारेको असरको कथा समेटिएको छ । कुनैबेला नेपाल टेलिभिजनको चर्चित हास्यश्रृंखलाकै शीर्षक, निर्माता र कलाकारलाई लिएर बनाइएको फिल्मलाई साकार पन्तले निर्देशन गरेका हुन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो । सन्तोषसहित फिल्ममा रमा थपलियाको प्रमुख भूमिका छ । टीभी सिरिजमा समेत सन्तोष र रमाले अनस्क्रिन कपलको भूमिका चित्रण गरेका थिए ।

केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव, रीमा विश्वकर्मा, जयन्द लामा लगायतको प्रमुख भूमिका रहेको फिल्मलाई सोसल र कमेडी ड्रामा जनरामा राखिएको छ । फिल्म असोज २८ गते देशव्यापी प्रदर्शनको तयारीमा छ ।

सम्बन्धित खवर