बेलायतमा हेमन्त कान्छा रसाइलीको एकल सारंगी साँझ हुने - Crazysaptahik.com

बेलायतमा हेमन्त कान्छा रसाइलीको एकल सारंगी साँझ हुने

सारंगीबादक हेमन्त कान्छा रसाइलीको बेलायतमा एकल सारंगी साँझ हुने भएको छ । चार महिनादेखि बेलायतमै रहेका रसाइलीको लण्डनको अल्डरसटस्थित एम्पाएर हलमा शनिबार सारंगी साँझ हुने भएको हो । मन ट्राभलको आयोजनामा हुन लागेको सारंगी साँझमा उनले आफूले धुन भरेका चर्चित गीत सारंगीमार्फत सुनाउनेछन् ।

रसाइलीले हालसम्म १२ हजार बढी गीतमा सारंगीको धुन भरेका छन् । उनी आफैं गायक समेत हुन् । कार्यक्रममा रसाइलीलाई गायिका विमला श्रीष र गीता पाइजा मगरले साथ दिनेछन् । म्याग्दीको मालिका गाउँपालिका–४ चिउरीबोट मठ्ठडाँडामा जन्मिएका रसाइलीले सारंगीको संरक्षणको उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.