मिलन टिजर : कुशल र सलोनको प्रेममा शिल्पा - Crazysaptahik.com

मिलन टिजर : कुशल र सलोनको प्रेममा शिल्पा

अगामी तिहारको अवसर पारेर कात्तिक १८ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘मिलन’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट २८ सेकेन्डको टिजरमा प्रेम र विछोडका दृष्यले प्रथामिकता पाएको छ । टिजरमा अभिनेताद्धय कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापाबीचको प्रेम देख्न सकिन्छ । टेक पौरखी राई निर्देशित फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको हो ।

अभिनेता कुशल र अभिनेत्री शिल्पाले यसै फिल्मबाट डेब्यु गरेका हुन् । फिल्ममा कुशल, सलोन र शिल्पासँगै शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको अभिनय छ । कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व रहेको फिल्म काठमाडौं र कालिन्चोकमा छायांकन भएको हो । प्रविन थापा निर्माता रहेको फिल्ममा राहुल राईको छायांकन र तारा थापा किम्बे सम्पादन छ ।

https://youtu.be/Tb-7sXs9thk

सम्बन्धित खवर