ऋतिक रोशन र सैफअली खान स्टारर प्रतीक्षित बलिउड फिल्म ‘विक्रम वेधा’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन दृश्यले भरिपूर्ण ट्रेलरमा दुई स्टारबीच भागदौडका आकर्षक र एड्भेन्चर फुटेज देख्न सकिन्छ । सन् २०१७ को चर्चित तमिल फिल्मको रिमेक रहेको यो फिल्मले बलिउड बक्स अफिसमा तहल्का मच्चाउला ? चासो सुरु भएको छ ।
झण्डै तीन मिनेट लामो ट्रेलर सैफ र ऋतिकबीचको दोहोरो भ्वाइसओभर संवादसहित सुरु हुन्छ । त्यसपछि वेधाको चरित्रमा ऋतिकलाई बलशाली देखाइएको छ । उनी ग्याङस्टरसँग भिडेको देख्न सकिन्छ । फिल्ममा राधिका अप्टे विक्रमकी पत्नी र वेधाकी कानुन व्यवसायीको चरित्रमा प्रस्तुत भएकी छन् ।
पुष्कर गायत्री निर्देशित फिल्म ग्याङस्टर कथामा आधारित छ । आर माधवन र विजय सेतुपाथी स्टारर यही नामको सन् २०१७ को तमिल फिल्मले राम्रो कमाइ गरेको थियो ।
https://youtu.be/hpwnlr-ZHB0