नेपाली फिल्म ‘नालापानी’को शीर्ष गीत रिलिज भएको छ । तिहार छेकोमा कात्तिक ४ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्मको गीतमा सुजिल कर्माचार्यको स्वर तथा संगीत छ । रिमेश अधिकारी निर्देशित फिल्मले नेपाल–अंग्रेजबीचको नालापानी युद्धको कथा पेश गर्छ । उक्त युद्धमा बलभद्र कुँवरले नेपाली फौजको नेतृत्व गर्दै अंग्रेजमाथि विजय प्राप्त गरेका थिए ।
धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर फिल्म निर्माण भएको हो । फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान लगायतको अभिनय छ ।