नाजिरको ‘गुलाबी’मा जोडिइन् सञ्चिता, धम्पुसबाट छायांकन सुरु - Crazysaptahik.com

नाजिरको ‘गुलाबी’मा जोडिइन् सञ्चिता, धम्पुसबाट छायांकन सुरु

ट्रान्सजेन्डर अर्थात् पारालैंगिक व्यक्तिको कथामा आधारित हुने फिल्म ‘गुलाबी’को छायांकन सुरु भएको छ । कास्कीको पर्यटकीय गाउँ धम्पुसबाट सुरु भएको छायांकन दशैंसम्म चल्नेछ । पारालैंगिक भूमिकामा नाजिर हुसेन देखिंदैछन् । उनको जोडीको रुपमा सुशील सिटौला र राजा घोष हुनेछन् भने आमाको भूमिकामा सञ्चिता लुइँटेल रहने भएकी छन् ।

खासगरी पारालैंगिक रोमान्समा फिल्म बन्न लागेको हो । धम्पुस, पोखरा र काठमाडौंमा छायांकन हुने फिल्मलाई फागुनमा रिलिज गर्ने लक्ष्य छ । यसअघि ‘आधापेज’ निर्देशन गरिसकेकी समुन्द्र भट्टले यो फिल्मलाई निर्देशन गर्दैछिन् ।

द स्काई ओसन इन्टरटेनमेन्ट ब्यानर र अनुपम फिल्मसँगको सहकार्यमा बन्न लागेको फिल्मको लागि नाजिरले १५ किलो तौल घटाएका थिए । फिल्मको पटकथा पनि नाजिर र निर्देशक भट्टले मिलेर लेखेका हुन् ।

सम्बन्धित खवर