लालबहादुर रत्गैया र अस्मिता चौधरीले जिते मिस्टर एण्ड मिस थारुको उपाधि - Crazysaptahik.com

लालबहादुर रत्गैया र अस्मिता चौधरीले जिते मिस्टर एण्ड मिस थारुको उपाधि

चौथो संस्करणको मिस्टर एण्ड मिस थारुको उपाधि बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले जितेका छन् । शनिबार साँझ काठमाडौंमा भएको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकी अस्मिताले मिस थारुको उपाधि हत पारिन् ।

उनले उपाधिसँगै ५० हजार रुपैयाँ नगद, क्राउन र अन्य विभिन्न उपहार प्राप्त गरिन् ।चितवनकी सोनुकुमारी महतो फस्ट रनरअप भइन् । उनले ३० हजारनगद प्राप्त गरिन् भने सेकन्ड रनरअप भएकी सप्तरीकी सुदीक्षा चौधरीले २० हजार रुपैयाँ हात पारिन् । यस्तै १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकै लालबहादुर मिस्टर थारु २०२२ बन्न सफल भएका हुन् ।

उनले पनि उपाधिसँगै ५० हजार रुपैयाँ नगद र विभिन्न उपहार प्राप्त गरे । सप्तरीका रोशन चौधरी फस्ट रनरअप भए । उनले नगद ३० हजार प्राप्त गरे भने पर्साका लीलानाथ प्रसाद थारु सेकेण्ड रनरअप घोषित हुँदै २० हजार नगद प्राप्त गरे । यस्तै भोटिङमार्फत मिस्टर थारु २०२२को पब्लिक च्वाइस अवार्ड बाराका राजीव चौधरीले पाए भने मिस थारु २०२२ तर्फ पब्लिक च्वाइस अवार्ड धनगढीकी रेनुका चौधरीले पाइन् ।

उनीहरुलाई खल्ती एपले गिफ्ट ह्याम्पर उपहार प्रदान गरेको थियो ।प्रतियोगिताका मुख्य निर्णायक कलाकार तथा निर्देशक निश्चल बस्नेत, निर्णायकहरु कलाकार प्रदीप चौधरी, जह इन्टरटेनेमन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओे) सुरेश चौधरी, इभेन्ट डाइरेक्टर रुपेश चौधरी, निर्देशक जयस चौधरी लगायतले पुरस्कार वितरण गरेका थिए ।

थारु कला, संस्कृति प्रवद्र्धनका लागि हरेक वर्ष यो सौन्दर्य प्रतियोगिता आयोजना गरिंदै आएको छ । ग्राण्ड फिनालेमा उपाधिका लागि १७ महिला र १६ पुरुष गरी ३३ जना प्रतिस्पर्धामा थिए । प्रतियोगिताका लागि काठमाडौं, विराटनगर, सुनसरीको झुम्का, वीरगञ्ज, चितवन, बुटवल, कैलालीको टीकापुर र नेपालगञ्जमा अडिसन गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.