‘अजिजा रनवे शो’मा क्युरेट गरिएका पहिरनका साथमा सेलिब्रिटीको क्याटवाक - Crazysaptahik.com

‘अजिजा रनवे शो’मा क्युरेट गरिएका पहिरनका साथमा सेलिब्रिटीको क्याटवाक

क्युरेट गरिएका पहिरनहरुको ‘अजिजा द रनवे फेसन शो’ काठमाडौंमा आयोजना गरिएको छ । डिजाइनर श्वेता प्रधानका गहनाको डिजाइनमा अभिनेत्री, मोडल तथा पूर्वमिस नेपालहरुसहित ४२ जनाले याम्प नापे । काठमाडौंको होटल याक एण्ड यतिमा शुक्रबार सम्पन्न शोमा अभिनेत्री प्रियंका कार्की, पूर्वमिस नेपालहरु अस्मी श्रेष्ठ, निकिता चण्डक, सुपर मोडल आस्था पोखरेल, सविता कार्की, आयुष्मा रानी सिंह, सुदीपा पाठक, रुविना थापा लगायतले इण्डो वेस्टर्न, इथ्निक तथा वेडिङ कलेक्सन प्रस्तुत गरे ।

डिजाइनर प्रधान १५ वर्षदेखि फेसन इण्डस्ट्रीमा आफ्नो छुट्टै पहिचान बनाएकी उद्यमी हुन् । डेण्टल हाइजिनमा स्नातक गरेकी श्वेता प्रधानले आईसी कलेजबाट डिप्लोमा गरेकी छन् । शोमा १६ वटा सिक्वेन्स रहेका थिए, जसमा विभिन्न रंगलाई थिम बनाई सिक्वेन्स डिजाइन गरिएकोमा सेलिब्रिटी सिक्वेन्स, सेलिब्रिटी विद मोडल सिक्वेन्स, मोडल सिक्वेन्स रहेका थिए । शोको दुईवटा सिक्वेन्समा पुरुष मोडलहरुले शेरवानी कलेक्सन प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको प्रस्तोता माल्भिका सुब्बा रहेकी थिइन् । फेशन शोमा चर्चित फेसन आइकन एवं अभिनेता प्रशान्त ताम्राकार, गायिका इन्दिरा जोशी, फोटोग्राफर राजभाइ सुवाल, गौतम धिमाल, विकास खतिवडा, कलाकार आयुष्मान देशराज जोशी लगायतको उपस्थिति थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.