चेतनामुलक विषयमा लघु फिल्म ‘चरित्र’ निर्माण - Crazysaptahik.com

चेतनामुलक विषयमा लघु फिल्म ‘चरित्र’ निर्माण

लघु फिल्म ‘चरित्र’ निर्माण भएको छ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको हो । रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा कपिल कार्कीको निर्देशन रहेको छ । निर्देशक कार्कीकै निर्माण रहेको फिल्ममा उत्तम केसी, स्रोता आचार्य, राजकुमार थापा, रामकाजी घिमिरे, रचना पौडेल, आशिका बस्नेत, अन्जु हमाल, अनुमती नेपाली, घनश्याम तिमिल्सिना, श्रीराम गिरी, कालुराम थापा, सुरेन्द्र खड्का, दिव्यान्स जोशी, कमला खड्का, परशुराम सत्याल, अनिश बोहोरा, दर्शक आचार्य, राधिका शंकर, आशिष थापा लगायतको अभिनय समेटिएको छ ।

काभ्रेको फूलबारी मथुरा पार्टी आसपासका स्थानमा छायांकन भएको फिल्म दलित तथा जनजाति माथि उपल्लो जातिका मानिस तथा नेताले गर्ने थिचोमिचो विषयवस्तुको रुपमा सन्देशमूलक हिसावले देखाउन खोजिएको कलाकार उत्तम केसीले बताए । सुमन कार्कीको परिकल्पनामा निर्माण भएको फिल्ममा बालकुमार मगरको छायांकन तथा सम्पादन छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.