‘बाबरी’को नयाँ गीतमा धीरज नाड्करसँग रोमान्टिक अदिती - Crazysaptahik.com

‘बाबरी’को नयाँ गीतमा धीरज नाड्करसँग रोमान्टिक अदिती

फिल्म ‘बाबरी’को नयाँ रोमान्टिक गीत ‘मायाका रंगहरु’ बिहीबार इन्टरनेटमा रिलिज भएको छ । गीतमा सनुप पौडेल र रचना रिमालको स्वर छ भने कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत छ । गीतको भिडियोमा धीरज नाड्कर र अदिती बुढाथोकी फिचर्ड छन् ।

असोज १४ गते रिलिज हुने यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । धीरज नाड्कर अभिनेत्री तृप्ति नाड्करका छोरा हुन् । उनको यो डेब्यु नेपाली फिल्म हो । फिल्मको अर्को मुख्य भूमिकामा धीरज मगर छन् । फिल्मले त्रिकोणात्मक प्रेमकथा पेश गर्छ ।

सम्बन्धित खवर