नेपालमा औसत व्यापार गर्दा ‘ब्रह्मास्त्र’लाई विश्वभरबाट ३०० करोड भारु - Crazysaptahik.com

नेपालमा औसत व्यापार गर्दा ‘ब्रह्मास्त्र’लाई विश्वभरबाट ३०० करोड भारु

रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड फिल्म ‘ब्रह्मास्त्र’ले नेपाली बक्स अफिसमा पहिलो साता ३ करोड १७ लाख रुपैयाँ ग्रस व्यापार गरेको छ । हाइप र स्टार कलाकार भएको फिल्मको यो व्यापार औसतभन्दा निकै कम हो । रणवीरकै अघिल्लो फिल्म ‘सञ्जु’ले नेपाली बक्स अफिसमा पहिलो साता यो भन्दा उच्च कमाइ गरेको थियो ।

नेपालमा कमजोर कमाइ गर्दा धर्मा प्रोडक्सनले निर्माण गरेको फिल्मले पहिलो साता विश्व बक्स अफिसमा ३०० करोड भारु कमाइ गरेको छ । भारतमा चाहिं सबै भाषामा १७३.४० करोड ग्रस कमाइ भएको छ । दोस्रो सप्ताहन्तसम्म फिल्मले भारतीय बक्स अफिसमा २०० करोड भारुको आँकडा पार गर्ने प्रक्षेपण व्यापार विश्लेषक सुमित कँडेलले गरेका छन् ।

३७.५० करोड भारु ओपनिङ गरेको फिल्मले बिहीबार ९ करोड भारु मात्र कमाएको थियो । कोरोना महामारीपछि बलिउडमा देखिएको संकटलाई यो फिल्मले केही हदसम्म राहत दिएको अनुमान छ । बलिउडमा ‘द कश्मीर फाइल्स’ र ‘भुलभुलैया २’ ले राम्रो बक्स अफिस पर्फमेन्स गरेका छन् ।

सम्बन्धित खवर