कवि मञ्जुलको पाँच दशकअघिको रचना ‘साइँली मोरी’लाई नेपथ्यले बनायो गीत - Crazysaptahik.com

कवि मञ्जुलको पाँच दशकअघिको रचना ‘साइँली मोरी’लाई नेपथ्यले बनायो गीत

कवि मञ्जुलले पाँच दशकअघि लेखेको यो शब्दलाई नेपथ्य ब्याण्डले गीत स्वरुप दिएर सार्वजनिक गरेको छ । २०२४ सालमा प्रकाशित मञ्जुलको कविता संग्रहमा संग्रहित ‘साइँली मोरी’लाई नेपथ्यले गीत बनाएर नेपथ्यले शुक्रबार आफ्नो आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरेको छ । गीतमा अमृत गुरुङको स्वर र संगीत रहेको छ भने ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका छन् ।

मञ्जुल र रामेशले गरेको पदयात्रामा आधारित संस्मरण ‘सम्झनाका पाइलाका डोबहरू’ पछ्याउँदै हिंड्दा नेपथ्यका मुख्य गायक अमृत गुरुङले रामेछाम, ओखलढुंगा हुँदै खोटाङ पदयात्रा गर्दा बाटोमा एक नवविवाहित जोडीलाई भेटेपछि यो गीत सम्झिएको बताएका छन् ।

हलेसीको सेरोफेरोका डाँडा काट्दै गर्दा शब्दमा संगीत भरेको अमृतले जनाएका छन् ।‘साइँली मोरी’को शब्द रचना गर्दा मञ्जुल १९ वर्षीय किशोर थिए । त्यसको निकैपछि मात्र यसले पुस्तकाकारमा सार्वजनिक भएको त्यही शब्दलाई नेपथ्य ब्याण्डले गीत बनाएको हो । गीतको लिरिकल भिडियो समेत निर्माण गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.