लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाको अध्यक्षमा परियार - Crazysaptahik.com

लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाको अध्यक्षमा परियार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति गोरखाको १३ औ बार्षिक साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भएको अधिवेशनले हरिराम परियारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा राजेन्द्र बाबु पन्थ, द्धितीय उपाध्यक्षमा सुनिल लामिछाने, महिला उपाध्यक्षमा रिता थापा मगर, सचिवमा केशव वगाले, सहसचिवमा सुनिमा गुरुङ, कोषाध्यक्षमा अम्वर थापा मगर र सहकोषाध्यक्षमा रुपा गुरुङ चयन भएका छन् । सदस्यहरुमा देवनारायण मगर, तिलकुमारी पोखरेल, सचिन भट्टराई, रायन बसेल, अमिश उपरकोटी, सम्झना लामिछाने दिनेश थापा, बर्षा थापा, टीका गुरुङ, रेश्मा तामाङ, सुजन गुरुङ, पार्वती परियार, चिजकुमार गुरुङ, विनोद रोका, राज गुरुङ र कविराज ढकाल रहेका छन् । कार्यक्रमको अवसरमा प्रतिष्ठान गोरखाका पूर्व अध्यक्ष शिव केसीलाई सम्मान समेत गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.