बाबु बोगटीले ल्याए ‘सान्नानी’को रिमेक भर्सन - Crazysaptahik.com

बाबु बोगटीले ल्याए ‘सान्नानी’को रिमेक भर्सन

गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन ल्याएका छन् ।आइतबार काठमाडौं कार्यक्रमको आयोजना गरी गायक बाबुले ‘सान्नानी’को रिमेक सार्वजनिक गरेका हुन् । गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालले गरेका छन् ।

प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन रहेको छ । सुरेन्द्र बसेलले भिडियोमा कोरियोग्राफी गरेका छन् । २०६१ सालमा सार्वजनिक भएको ‘सान्नानी’ गीत त्यसबेला निकै चर्चित भएको थियो । यो गीतबाटै बाबु सांगीतिक क्षेत्रमा स्थापित समेत भए ।

ओरिजिनल भर्सनको भिडियोमा बाबु र नन्दिता केसीले अभिनय गरेका थिए भने भिडियोको निर्देशन आलोक नेम्बाङले गरेका थिए । बाबुको सानो छ गाउँ, तुलसी आँगनमा, जमुना लगायत गीत लोकप्रिय छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.