दीपक मनाङेको ‘दुई नम्बरी’ सिड्नीमा प्रदर्शन हुने - Crazysaptahik.com

दीपक मनाङेको ‘दुई नम्बरी’ सिड्नीमा प्रदर्शन हुने

गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे निर्माता रहेको फिल्म ‘दुई नम्बरी’ अष्ट्रेलियाको सिड्नीमा पनि प्रदर्शन हुने भएको छ । अष्ट्रेलिया प्रदर्शन जिम्मा लिएको फन्टाष्टिक इभेन्टका गगन शर्माले फिल्म अक्टोबर ७ देखि सिड्नीमा प्रदर्शन हुने जानकारी दिए ।

उनले फिल्मको अष्ट्रेलिया राम्रो क्रेज देखिएकोले प्रदर्शन गर्न लागेको बताए । इभेन्टले सिड्नीमा यसअघि फिल्म ‘कबड्डी –४’ प्रदर्शन गरेको थियो । फिल्मले राम्रो दर्शक समेत पाएको थियो । ‘दुई नम्बरी’ दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म हो ।

दयाहाङ राई, उपासनासिंह ठकुरी, बुद्धि तामाङ, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, श्रेयांश पौडेल, विश्वास गुरुङ, डिबी गुरुङ, राजु थापामगर, सागर शाह ठकुरी, सतिशसिंह खत्री, गणेश बस्याल, राजकुमार राईलगायत कलाकारको अभिनय रहेको फिल्ममा दीपकसहित अमलादेवी राई र जयस श्रेष्ठ निर्माताको रुपमा छन् ।

किरण नेपालीको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्म असोज २१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.