‘सुपरहिरोइन’ फिल्म खेल्न चाहन्छिन् अदिती, भन्छिन्– कसैले ‘वन्डरवुमन’जस्तो रोल अफर गरोस् - Crazysaptahik.com

‘सुपरहिरोइन’ फिल्म खेल्न चाहन्छिन् अदिती, भन्छिन्– कसैले ‘वन्डरवुमन’जस्तो रोल अफर गरोस्

मोडलिङ हुँदै अभिनय यात्रा थालेकी अदिती बुढाथोकी दोस्रो फिल्म ‘बाबरी’को प्रचारमा व्यस्त छिन् । होम प्रोडक्सन फिल्म भएकाले पनि निर्मात्रीको रुपमा उनी दबाबमा हुनु स्वभाविक भयो ।अदितीलाई लाग्न थालेको छ, फिल्म बनाउनुभन्दा कठिन फिल्म चलाउनु हो ।

‘कृ’ खेल्दा कलाकार मात्र हुँदा दबाब थिएन जति ‘बाबरी’ खेल्दा घरेलु फिल्मको दबाब उनीमाथि छ । अनलाइनखबरसँग अदितीले यो अनुभव सेयर गरिन् । बाबरीमा उनले अभिनय गरेको चरित्रमा समेत केही भिन्नता छ । यसअघि ‘गर्ल नेक्स्ट डोर’ टाइपको पात्र गरेकी उनी यसमा ‘रिबेलियस’ महसुस छिन् ।

आफूलाई एक्सन र सुपरहिरोइन टाइपका फिल्म गर्ने उनको धोका रहेछ जुन उनले सेयर गरिन् । ‘मलाई वन्डरवुमन टाइपका फिल्म गर्न मन छ । कसैले अप्रोच गरिदिएमा त्यो मेरो भाग्य हुनेछ,’ अदिती भन्छिन्, ‘सुपरहिरोइन कथाका फिल्म गर्ने मन छ ।’

तर अदितीलाई यतिबेला रोमान्टिक चरित्रमै प्रस्ताव आइरहेको छ, जुन उनको भयंकर रुचि चाहिं होइन । अदिती र धीरज मगर स्टारर फिल्म ‘बाबरी’ असोज १४ गते प्रदर्शन हुँदैछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.