नेपाली बक्सअफिसमा ‘झिंगेदाउ’ र ‘ऐना झ्यालको पुतली’ले कति कमाए ? - Crazysaptahik.com

नेपाली बक्सअफिसमा ‘झिंगेदाउ’ र ‘ऐना झ्यालको पुतली’ले कति कमाए ?

‘झिंगेदाउ’ र ‘ऐना झ्यालको पुतली’ पछिल्लो समय दर्शकले रुचाएका दुई फिल्म हुन् । भीमनीधि तिवारीको कृतिमा आधारित ‘झिंगेदाउ’ले हल प्रदर्शनबाटै लगानी सुरक्षित गरेको छ । ‘ऐना झ्यालको पुतली’ पछिल्लो समयको सबैभन्दा उत्कृष्ट फिल्म रहेको समीक्षक र दर्शकले बताइसकेका छन् ।

यद्यपी, सुजित बिडारी निर्देशित फिल्मले बक्सअफिसमा कमजोर प्रदर्शन गयो । नेपालबाट ओस्कर अवार्डमा सिफारिस भएपछि ‘ऐना झ्यालको पुतली’ले पाएको प्रशंसाले यसको कमजोर कमाइ पनि छायाँमा पयो जुन स्वभाविक पनि हो । यस्तोमा, चलचित्र विकास बोर्डको बक्सअफिस डेटाअनुसार यी दुई फिल्मको कमाइ प्राप्त भएको छ ।

‘झिंगेदाउ’ले तेस्रो बुधबारसम्म कूल ३ करोड १८ लाख रुपैयाँ ग्रस कमाएको छ । ‘ऐना झ्यालको पुतली’को बुधबार बेलुकासम्मको कमाई ४२ लाख रुपैयाँ मात्र छ । बलिउड फिल्म ‘ब्रम्हाष्त्र’को बुधबार बेलुकासम्मको नेपाल कमाई ३ करोड ९६ लाख रुपैयाँ ग्रस छ ।

‘झिंगेदाउ’लाई लगानी उठाउन हलबाटै सहज भयो भने अन्य दुई फिल्मले अहिलेसम्म लगानी उठाउन सकेका छैनन् । शुक्रबारदेखि ‘प्रेमगीत ३’ र ‘अवतार’ प्रदर्शन हुने भएपछि अहिले चलिरहेका फिल्मलाई ठूलै चुनौति हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.