कात्तिक ४ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नालापानी’को टिजर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मबारे जानकारी दिइयो । रिमेश अधिकारी निर्देशित फिल्मले नेपाल–अंग्रेजबीच नालापानीमा भएको युद्धको कथा पेस गर्छ ।
नेपाल एकीकरणका बेला बलभद्र कुँवरको नेतृत्वमा नेपाली फौजले अंग्रेज फौजमाथि हासिल गरेको विजय यसमा चित्रित छ । अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान र मनोज शाक्यको प्रमुख भूमिका रहेको फिल्मलाई मनोज शाक्यले निर्माण गरेका हुन् ।