छन्त्यालको बिहे र काजीले छोरा पाएपछि बीके भन्छन्– म चाहिं छिट्टै विदेश जान पाऊँ - Crazysaptahik.com

छन्त्यालको बिहे र काजीले छोरा पाएपछि बीके भन्छन्– म चाहिं छिट्टै विदेश जान पाऊँ

कहिलेकाहीं रिलको संयोग रियलमा भइदिन्छ । कलाकारले चरित्रमा बाँचेको जीवन वास्तविक जीवनमा ठ्याक्कै मेल खान पुग्छ । ‘कबड्डी’ फिल्मका प्रमुख कलाकारले पात्रमा जे बाँचे, वास्तविक जीवनमा पनि दियो त्यस्तै । गत शुक्रबार दयाहाङ राई दोस्रो सन्तानका पिता बने । बुद्धि तामाङले ३९ वर्षको उमेरमा विवाह गरे ।

फिल्म ‘कबड्डी’मा दयाहाङले काजी नामक पात्रको चरित्र निर्वाह गरेका छन् र चौथो श्रृंखलामा उनको बिहे भएको पनि छ । फिल्मभित्रै बुद्धिले छन्त्याल नामक चरित्र निर्वाह गरेका छन् । बुढी पोइला गएपछि छन्त्याल पनि सिंगल छन् । तर उनै छन्त्यालले रियल लाइफमा पनि ३० वर्षीया अनु थिङसँग मागी बिहे गरे । एकैदिन फिल्मका दुई मुख्य पात्रको जीवनमै संयोग परेपछि सामाजिक सञ्जालमा ट्रोल भएको छ ।

कबड्डीमा बीके नामक पात्रको भूमिकामा अभिनय गरेका विजय बरालको चरित्र प्रेमिकासँग अलग भएपछि विदेश हानिने सोचमा छ । यो उमेरमा पनि सिंगल भएपछि उसको सपना विदेश गएर पैसा कमाउनेछ । विजयले पनि भिडियोमार्फत छन्त्याल बुढोको पनि बिहे भएको र काजी दाइले पनि छोरा पाएको भन्दै आफूलाई विदेश जाने आशिर्वाद दिन दर्शकलाई आग्रह गरेका छन् ।

उनी भन्छन्, ‘छन्त्याल बुढोको पनि बिहे भयो । एकैदिन काजी दाइले पनि छोरो पायो । मैले केटी नपाएर के भो र ? उहाँहरुलाई धेरै धेरै शुभकामना । मलाई पनि आशिर्वाद दिनुस् है । छिट्टै विदेश जान पाऊँ । धन्यवाद ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.