परमिता राणा र सिद्धार्थ मलहोत्राबीच के कुराकानी भयो ? - Crazysaptahik.com

परमिता राणा र सिद्धार्थ मलहोत्राबीच के कुराकानी भयो ?

अभिनेत्री परमिता राणा यतिबेला बलिउड नगरी मुम्बईमा छिन् । पिंकभिल्ला फेसनकी उनी जागिरे समेत हुन् । यो सिलसिलामा पछिल्लो समय प्रशस्तै बलिउडका ठूला नामहरुसँग परमिताको घुलमिल भइरहेको देख्न सकिन्छ । ‘चपली हाइट २’बाट अभिनय करिअर थालेकी परमिताका केही फिल्म नेपालमा रिलिजको पाइपलाइनमा समेत छन् ।

यस्तोमा उनी केही समय बिताउने योजनासहित मुम्बईमा बसिरहेकी छन् । परमिता र बलिउड अभिनेता सिद्धार्थ मलहोत्राबीच यसैसाता क्यान्डिड भेटघाट भएको छ । भेटपछि पामले सिद्धार्थसँगको स्माइली सेल्फी पोस्ट गरेकी छन् । यो क्यान्डिड भेटमा परमिता र सिद्धार्थबीच अनौपचारिक गफगाफ भएको बताइन्छ ।

बलिउडका केही फेसन एजेन्सीले बोलाएपछि मुम्बई पुगेकी परमिताले यतिबेला पिंकभिल्ला फेसनमार्फत भिडियो कन्टेन्टदेखि सेलिब्रिटी फेसनबारे पनि काम गरिरहेकी छन् । मुम्बई जानुअघि परमिताले काम गरेको नेपाली टीभी रियालिटी शो डान्सिङ स्टार्स नेपाल निकै चर्चामा थियो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.