
पूर्वविश्व सुन्दरी तथा बलिउड अभिनेत्री मानुषी छिल्लर यतिबेला नेपाली राजधानीमा छिन् ।टीजीआइएफ फेसन सप्ताहमा भाग लिन आइपुगेकी उनले आइतबार बेलुका हायात होटलमा याम्प नापिन् ।

शिवांगी प्रधानको पहिरनमा रनवेमा देखापरेकी उनी शोज स्टपरको रुपमा प्रस्तुत भएकी हुन् । न्यूड लेबलले प्रस्तुत गरेको फल–विन्टरको पहिरनमा चिल्लर आकर्षक देखिएकी थिइन् ।

न्यूडले प्रस्तुत गरेको पहिरनमा नेपाली अभिनेत्रीहरु करिश्मा मानन्धर र सुष्मा कार्कीले रनवे नापेका थिए । टीजीआइएफको सन् २०२२ को संस्करणमा नेपाली सेलिव्रिटीले पनि रनवेमा भाग लिइरहेका छन् ।


