‘प्रेम गीत ३’ हिन्दी संस्करण रिलिज - Crazysaptahik.com

‘प्रेम गीत ३’ हिन्दी संस्करण रिलिज

गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत ३’ आज (सोमबार) बाट हिन्दी संस्करणमा पनि रिलिज भएको छ । यो संस्करण पनि शुक्रबार नै रिलिज गर्ने निर्माण युनिटको योजना भएपनि सेन्चर लगायत बिभिन्न कारणले फिल्मको रिलिज केही दिन ढिला हुन पुगेको हो । नेपालीमा भन्दा हिन्दीमा फिल्म १० मिनेट छोटो रहेको बताइएको छ ।

सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्म भारतलगायत विश्वका धेरै देशमा एकसाथ रिलिज भएको हो । फिल्मले राम्रो ब्यवसाय गरिरहेको निर्माण युनिटले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.