यतिबेला विश्व संगीतमा दक्षिण कोरियाली गर्ल्स ब्यान्ड ‘ब्ल्याकपिंक’को चर्चा चुलिएको छ । छोटो समयमै युट्युब कीर्तिमान होस् या बढी एल्बम बिक्री हुने विषयमा । ब्यान्डको पछिल्लो गीत ‘बर्न पिंक’ यस साता बिलबोर्ड सूचीको पहिलो स्थानमा उक्लिएको छ ।
पछिल्लो १० वर्षमा शीर्ष सूचीमा उक्लिने गर्ल्स ब्यान्डको कीर्तिमान पनि यसले राखेको छ । यसअघि सन् २००८ मा रिलिज भएको डेनिटी केनीको ‘वेलकम टु द डलहाउस’ उक्त सूचीमा पुग्ने पहिलो महिलाद्वारा संगीतबद्ध गीत बनेको थियो ।
बिलबोर्डका अनुसार अमेरिकामा रिलिज भएको पहिलो सातामै ब्ल्याकपिंकको उक्त गीतले एक लाख दुई हजार प्रति एल्बम बिक्री बराबरको रेकर्ड राखेको छ । आठ अन्य गीतले पनि ७५ हजार एल्बम बिक्री हुने बराबरको रेकर्ड राखेका छन् ।
यस साता दक्षिण कोरियाली पप संगीतले बिलबोर्डमा दबदबा जमाएको तथ्यलाई कसैले अस्वीकार गर्न सक्दैन ।