सिसन र श्रृंखलाले एकअर्कालाई गरे अनफलो, ब्रेकअप भएकै हो ? - Crazysaptahik.com

सिसन र श्रृंखलाले एकअर्कालाई गरे अनफलो, ब्रेकअप भएकै हो ?

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा छन् । केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए । श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए । न्यू मेक्सिको राज्यको एक गुफामा घुमेको तस्वीर पनि पोस्ट गरेका थिए ।

तर यी लभबर्डबीचको सम्बन्ध यतिबेला ठीकठाक नरहेको गाइँगुइँ चलेको छ । यो शंकालाई बल गर्ने काम भने यी दुईजनाको पछिल्लो गतिविधिले गरिरहेको छ । यी दुईले इन्स्टाग्राममा एकले अर्कोलाई अनफलो गरेका छन् ।

अनफलोको अर्थ ठीकठाक छैन भन्ने हो । अनफलोले यी दुईबीच ब्रेकअप भएकै हो भन्ने अनुमानलाई बल मिलेको छ । तर सम्बन्धमा केही मोड आएको भन्ने गसिप भने चल्न थालेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.