
गायक प्रकाश दूतराजले दशैंको छेको पारेर नयाँ गीत ‘मैं जाम्ला’ ल्याएका छन् । गीतमा शब्द तथा संगीत प्रकाशकै छ ।प्रकाशकै निर्देशनमा तयार भएको गीतको भिडियोमा लक्ष्मी बर्देवा र सुनिल दूतराजले अभिनय गरेका छन् भने उनलाई पनि भिडियोमा थोरै समय देख्न सकिन्छ ।
अनिल के मानन्धरको छायांकन रहेको ‘मै जाम्ला’लाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन् । प्रकाशका ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको ?’, ‘जाम भो माइली’, ‘चोली मैलै भो’ लगायतका गीत चर्चित छन् ।

