‘जेरी २’को हिरोइनमा पूर्णिका सिंजापति अनुबन्धित, अनमोलसँग स्क्रिन सेयर गर्दै - Crazysaptahik.com

‘जेरी २’को हिरोइनमा पूर्णिका सिंजापति अनुबन्धित, अनमोलसँग स्क्रिन सेयर गर्दै

अनमोल केसी स्टारर फिल्म ‘जेरी २’को प्रमुखमध्येको एक अभिनेत्रीमा पूर्णिका सिंजापति अनुबन्धित भएकी छन् ।मोडलिङमा समेत सक्रिय रहेकी पूर्णिकाको यो डेब्यु फिल्म हुनेछ । फिल्मका दुई प्रमुख नायिकामध्ये एकको चरित्रमा पूर्णिकाले अभिनय गर्नेछिन् ।

निर्माता सरोज न्यौपानेले अर्की प्रमुख नायिका अनुबन्धित हुने क्रममा रहेको जानकारी दिए । फिल्ममा दुई नायिकाको समानान्तर भूमिका हुनेछ भने दुवै जना अनमोलको अपोजिटमा हुनेछन् । निर्माता न्यौपानेले फेसबुकमार्फत अनमोल र पूर्णिकाको तस्वीर सार्वजनिक गरेका थिए ।

तर पूर्णिकाको अनुहारलाई स्माइली इमोजीले छोपिएको थियो । तस्वीर प्रष्ट नहुँदा धेरैले आना शर्मा वा नीति शाह हुने अनुमान गरेका थिए । हेमराज बीसीले निर्देशन गर्ने यो फिल्म चुनावपछि फ्लोरमा जाने तयारीमा छ । आठ वर्षअघिको फिल्म जेरीको सिक्वेलको रुपमा बन्न लागेको फिल्मको निर्माणमा न्यौपाने र रामकृष्ण श्रेष्ठले सहकार्य गर्दैछन् ।

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.