नेपाली फिल्ममा कालोबादल मडारियो– नवल खड्का - Crazysaptahik.com

नेपाली फिल्ममा कालोबादल मडारियो– नवल खड्का

चलचित्र निर्माता संघका अध्यक्ष तथा अभिनेता नवल खड्काले नेपाली फिल्म क्षेत्रमा कालो बादल मडारिएको बताएका छन् । नेपालमा निर्माण भएको फिल्म ‘प्रेमगीत ३’ सन्देशमा हिन्दीमा रिलिजका लागि विभिन्न लफडा गरिएको भन्दै उनले शो तर्क राखेका हुन् ।

सुरुवातको समयदेखि नै नेपालमा हिन्दी भाषाको ‘प्रेमगीत ३’ रिलिजको विरोध गर्दै आएका नवलले फिल्मको भन्दा फिल्म हिन्दी बनेर आएको प्रवृत्तिको आफुले विरोध गरेको स्पष्ट परे । नवलले नेपालमा जन्मिएपनि अमेरिकाको ग्रिनकार्ड पाएको छोरोले छोरा नेपाल आउँदा दैनिक कर तिरेर नेपालमा बस्ने गरेको कथा सुनाउँदै आफुले सोही कुरा गरेको सुनाए ।

‘मेरो आसय भित्र लुकेको राष्ट्रवाद फिल्मका मेकरले खासै बुझेनन्’ खड्काले भने– ‘हिन्दी भाषाको फिल्म रिलिज गर्नका लागि ठूलै फन्डा गरे ।’ नेपाली भाषा, संस्कृतिमाथि अतिक्रमण हुने काम जारी रहेकाले खड्काले सबैलाई सचेत रहन समेत आग्रह गरे ।

मंगलबार फिल्म ‘२ नम्बरी’ को कार्यक्रममा बोल्दै खड्काले राष्ट्रियताको वकालतका लागि निर्माता संघ र आफु जहिले पनि लागि पर्ने बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.