फिल्म ‘नम्बरी सुन’ निर्माण हुने - Crazysaptahik.com

फिल्म ‘नम्बरी सुन’ निर्माण हुने

फिल्म ‘नम्बरी सुन’ निर्माण हुने भएको छ । सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म राजु गिरीले निर्देशन गर्न लागेका हुन् । दसैंको अवसर पारेर फिल्मको ‘नम्बरी सुन’ बोलको शिर्ष गीत बुधबार रेकडिङ गरिएको छ ।

सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नारायण खातीको शब्द छ । गीतमा स्वर शान्तिश्री परियारको दिएकी छन् ।
करिब ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई फिल्ममा देखाउन लागिएको हो । लमजुङको भुजङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा फिल्मको छायांकन हुने निर्देशक गिरीले बताए ।

नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई हेरेर निर्माण हुने बताइन्छ । फिल्मकोकलाकार छानौटको क्रममा छन् । फिल्ममा नयाँ तथा पुराना कलाकार पनि रहनेछन् । दसैंपछि कलाकार र प्रविधिसहित फिल्मको मुहूर्त हुने प्रस्तुतकर्ता नारायण खातीले जानकारी दिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.