‘प्रेमगीत ३’ले शुक्रबार पहिलो साताको कमाइ सार्वजनिक गरेको छ । निर्माता सन्तोष सेनले सामाजिक संजालमार्फत फिल्मको नेपाल, भारत र विश्वब्यापी कमाइलाई बाहिर ल्याएका छन् । उनका अनुसार फिल्मले पहिलो साता नेपालमा ७ करोड ९६ लाख रुपैयाँ ग्रस कमाएको छ ।
२ करोड ५ लाख ग्रसको ओपनिङसहित शनिबार २ करोड २२ लाख, आइतबार साढे ९५ लाख, सोमबार १ करोड १५ लाख, मंगलबार ६५ लाख, बुधबार ६१ लाख र बिहीवार ५३ लाख कमाइ कमाइ गरेका जनाएका छन् । भारतमा पहिलो साता ३ करोड ४४ लाख भारु कमाइ भएको निर्माता सेनले उल्लेख गरेका छन् ।
ओभरसिज (नेपाल र भारतबाहेक) फिल्मको कमाई ६.२१ करोड भारु रहेको समेत निर्माताले जनाएका छन् । फिल्मका भारतीय निर्माता सुवास कालेले फिल्मले विश्वब्यापी १९.२९ करोड भारु कमाइ गरेको जनाएका छन् । प्रदीप खड्का स्टारर फिल्मले पहिलो दिन नेपाल र भारतसहित विश्वब्यापी आक्रामक ओपनिङ गरेको थियो ।