दयाहाङ र विपिन स्टारर ‘के घर के डेरा’ ट्रेलर : काठमाडौंमा घरको सपना देख्नेको कथा - Crazysaptahik.com

दयाहाङ र विपिन स्टारर ‘के घर के डेरा’ ट्रेलर : काठमाडौंमा घरको सपना देख्नेको कथा

दयाहाङ राई र विपिन कार्कीको प्रमुख भूमिका रहेको फिल्म ‘के घर के डेरा’को औपचारिक ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले काठमाडौंमा घर बनाउन संघर्ष गर्नेहरुको कथा पेस गर्छ ।

डार्क कमेडी ड्रामालाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । काठमाडौंमा घर बनाउन सपना देख्ने मध्यमवर्गीय परिवारको सपना, उक्त सपना पूरा गर्न सीधा र घुमाउरो दुई अलगबाट बाटोबाट अघि बढ्ने चरित्रहरु र नियतिलाई फिल्मले दर्शाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेता कार्कीले यस फिल्मबाट आफूले अपेक्षा गरेको बताए । निर्देशक खनालले चाहिं अधिकांश सहरिया दर्शकले फिल्मसँग आफूलाई रिलेट गर्ने बताए ।पशुपति प्रसाद’बाट निर्देशक खनाल र अभिनेता कार्कीको यो दोस्रो सहकार्य हो ।

‘झोले’पछि दयाहाङ र दीपेन्द्रको पनि अर्को सहकार्य हो । सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झाको समेत प्रमुख भूमिका रहेको फिल्म तिहार छेकोमा कात्तिक ४ गते प्रदर्शन हुँदैछ । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

सम्बन्धित खवर