दशैं मुडमा मोडल बादल - Crazysaptahik.com

दशैं मुडमा मोडल बादल

हाइडी ज्यान, अत्यन्तै मिलनसार, सानालाई माया र ठूलालाई आदर गर्ने बानी । यी माथिका कुराहरु लागु हुन्छ मोडल तथा कलाकार बादल श्रेष्ठमा । मोरङको बेलबारीका उनी अहिले म्यूजिक भिडियो र चलचित्रको अभिनयमा व्यस्त छन् ।


चार वर्षअघि गायिका अन्जु पन्तको ‘बढ्छ व्यथा..’ बोलको गीतबाट उनले अभिनयमा ‘डेब्यु’ गरेका हुन् । त्यसपछि उनले शिशिर तामाङको ‘चटक्कै माया मारेर…’, उमेर धिमालको ‘तिमी बिना…’, सुमन श्रेष्ठको ‘भन्छु किन…’ लगायत दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

उनले चलचित्र ‘पुरानो बुलेट’ र ‘भूइफुल’मा अभिनय गरिसकेका छन् । चलचित्र ‘पुरानो बुलेट’ गत चैत्र १ गते प्रदर्शन भइसकेको छ भने ‘भुइफूल’ पोष्ट प्रोडक्सनमा रहेको छ । दशैं मुडमा फोटोसेसनमा भेटिएका उनी दशैं कसरी मनाउँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले भने–‘केही म्यूजिक भिडियोको वर्कसपमा छु, त्यसको वावजुद पनि अब दशैं त मजाले नै मनाउने सोचमा छु ।’

तस्बिर : करण धिताल
यूनिक डिजिटल फोटो स्टुडियो
पथरीशननिश्चरे

सम्बन्धित खवर