चलचित्र ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले कमेडी, सस्पेन्स लगायतका बिषय समेटेर ट्रेलर बाँहिर ल्याएको हो ।
शिशिर राणाको कथा तथा निर्देशन रहेको फिल्म कात्र्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ । कालो बर्णको केटा मन नपराउने एक यूवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई फिल्मले बिषय बनाएको निर्देशक राणाले बताए ।
सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायत कलाकारको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर दर्शकमा उत्सकुता पैदा गर्ने खालको छ ।
रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म किरण नेपालीको प्रस्तुतिमा दिपक मनाङ्गे र सरोज नेपालीले मिलेर बनाएक हुन् । अमलादेवी राई यसको कार्यकारी निर्माताको रुपमा रहेकी छन् ।
लालबहादुर क्षेत्री र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, तारा थापाको सम्पादन, शिव ढकालको छायांकन फिल्ममा छ ।
हेर्नुहोस् ट्रेलर :-